संगीतकर्मी संघ लगायतका संस्थाको पहलमा रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,जेठ २७ ।

काभे जिल्लाको रोशी गाउँपालिकालाई चलचित्र, संगीतकर्मी संघ लगायतका संस्थाबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बिटिएम फाउण्डेसन, हेल्थ ईन्भाईरोमेन्ट एण्ड क्लाईमेट एक्सन फाउण्डेसन, हामी नेपाली ग्लोबल, राष्ट्रिय संगीतकर्मी संघबाट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको हो ।

बिहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा हामी नेपाली ग्लोबलका अध्यक्ष एवं नायक अमृत लामा, राष्ट्रिय संगीतकर्मी संघका महासचिव गायक एवं चलचिल कर्मी विक्रम जंग शाहले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष डि.बि.लामालाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष लामाले कोरोना महामारीको विषम परिस्थितिमा संस्थाले गरेको सहयोग प्रति कृतक्ष रहेको बताए । स्वास्थ्य नै मानिसको धन भएको बताउँदै उनले आगामी दिनमा संस्थाको सकारात्मक विकासको कामना गरे । सहयोग प्राप्त सामग्रीहरु संक्रमण रोकथाम र नियन्त्रणमा तत्काल प्रयोग गरिने उनको भनाई थियो ।

राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रम जंग शाहको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्राप्त सामग्रीहरुमा १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सीजन सिलिण्डर २ थान, पल्स अक्सिमिटर १ थान र ईन्फ्रारेड थर्मोमिटर १ थान, यस्तै बिटिएम फाउण्डेसनबाट पिसिआर भिटिएम २५० वटा, गाउन १० वटा, फेससिल्ड १० ओटा, थर्मल गन १ वटा, पिपिई १० थान, पारासिटामोल १०० पत्ता, अक्सिजन सिलिण्डर ३ वटा र अक्सिजन कन्सन्ट्रेटर १ थान रहेको छ ।

यस्तै हेल्थ ईन्भाईरोमेन्ट एण्ड क्लाईमेट एक्सन फाउण्डेसनले सर्जिकल मास्क १ सय पिस, मेडिकल क्याप, डिस्पोजेबल सु कभर र पिपिई ८०।८० पिस, फेस सिल्ड, मेडिकल चस्मा र फेस मास्क ४०।४० पिस सहयोग उपलब्ध गराएको शाहले जानकारी दिए । उनका अनुसार हामी नेपाली ग्लोबल र राष्ट्रिय संगितकर्मी संघले स्वास्थ्य सामग्री खरिद गरी समुदायमा वितरण गरिएको छ ।

सहयोग प्राप्त सामग्रीहरु गाउँपालिकामा हस्तान्तरण गरी अन्य स्वास्थ्य सामग्रीहरु आज नै खार्पाचोक स्वास्थ्य चौकी, सिसाखानी स्वास्थ्य चौकी साथै रोशीका कोरोना संक्रमितहरु भएका स्थानमा गई वितरण गरिएको शाहले जानकारी दिए ।


प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार १४:०३