
कृष्ण अधिकारी,पोखरा ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीले आज राहत बितरणकोे पाँचौ दिन १७ घर परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ का कारण सबै क्षेत्र प्रभावित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको भन्दै संघले राहत वितरण गरेको हो ।
संघले पोखराका विभिन्न स्थानका १७ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
संघका अध्यक्ष ऋषिराम दाहालले महामारीमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्धेश्य राखेर आफूहरु राहत वितरण अभियान सञ्चालन गरेको बताए ।
संगितकर्मी संघ कास्कीका सल्लाहकार नारायण सिक्देलले एकले अर्कोलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिदै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
संघका जिल्ला इन्चार्ज लीला पौडेलले संघले कलाकारको हकहित संगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए। कार्यक्रममा संघका सह सचिब राजन सुवेदी हास्य कलाकार दिवाकर भण्डारी (सापटी ) पनी कोउपस्थिति रहेको थियो।

