
पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ हजार ७५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३ हजार ७५० जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ६७जनाको मृत्यु भएको छ ।यसैबीच पछिल्लो २४ घण्टाको अवधीमा रुपन्देहीमा १४३ संक्रमित निको भएका छन् भने ४४ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको ९९२ रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आज बुटवल उपमहानगरपालिकामा ७ जना , ,सैनामैना नगरपालिकामा १३ जना ,तिलोत्तमा नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको हो । लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन , सम्मरीमाइ,सियारी, मर्चवारी, गैडहवा गाउँपालिकामा १÷ १ जना संक्रमित थपिएका छन् ।

