
जेठ २८
तिलोत्तमा नगरपलिकामा आज पुनः खोप लगाउन सूरु गरिएको छ । मङ्गलबार केही खोप लगाए पनि पर्याप्त नभएपछि खोप लगाउन रोकेर लक्षित समूहको लगत सङ्कलन गरी खोपको आवश्यक व्यवस्था प्रबन्ध गरेर आजबाट खोप लगाएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो । आज वडा नंं ५ देखि वडा नंं. १७ का ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई खोप लगाइएको छ । भोलि वडा नं.१ देखि ४ वडाका नागरिक र आज छुटेका लक्षित उमेर समूहकालाई समेत खोप लगाउने तयारी गरिएको घिमिरेले बताउनुभयो ।

