नेविसंघ र तरुणदल कपिलवस्तुद्धारा आगलागी पिडीतलाई घर निर्माण सामग्री र खाद्यन्न प्रदान

लुदअ कपिलवस्तु, जेठ २८

सामाजिक कार्यमा सधै अग्रपंतिमा रहेर पिडीतको घाउमा मलम लगाउँदै आएको नेविसंघ र तरुण दल कपिलवस्तुले आगलागिबाट पिडीत भई खुल्ला आकाशमुनि रातदिन बिताउन बाध्य भएका परिवारका लागि घर निर्माणका लागि सामाग्री तथा लत्ता कपडा र खाद्यन्न हस्तान्तरण गरेको छ । नेबिसंघ कपिलबस्तु र नेपाल तरुणदलले बाणगंगा नगरपालिका–१० पटना स्थित सोनपुरका अत्ति विपन्न प्रदिप कोहारको परिवारलाई घर बनाउनका लागि ईट्टा, जस्तापाता लगाएतका निर्माण सम्बन्धि सामाग्री तथा दाल, चामल, नुन, तेल, आलु, तरकारी, सरफ, साबुन, पोषाक लगायत १ लाख ५० हजार रुपैंया रकम बराबरको सामाग्री हस्तान्तरण गरिएको नेबिसंघका क्षेत्रिय सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

प्रदिप कहारले अफ्नो परिवारमा भुजा भुटेर र लेबर काम गरेर दैनिक जिवन निर्वाह गर्दै आएका थिए । एक महिना अगाडी आगलागी भएर घर सहित सम्पूर्ण सामानहरु जलेर नष्ट भएको प्रदिप कहारको परिवारलाई कहि कतैबाट पर्याप्त सहयोग नभएको भन्ने खबर थाहा पाएपछि नेविसंघ र तरुण दलले जेठ १८ गते स्थलगत अनुगमन गरि पिडीत परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

कोरोनाको यस बिसम परिस्थितीमा पानी पर्दा अर्काको घरमा ओत लाग्ने र बिदो हुँदा त्रिपालमुनिको वास बिताउँदै आएको त्यो पिडीत परिवारलाई केही दिन भित्रै सम्पुर्ण व्यवस्था गरिदिने प्रतिबद्धता गरेको थियो । १० दिनमा नै सहयोग जुटाई प्रतिबद्धता पुरा गरिएको नेबिसंघका क्षेत्रिय सभापती पोख्रेलले जानकारी दिए ।

यस्तै कोरोनाको महामारी त्यसमाथि प्रचण्ड गर्मीसँगै अकस्मात आउने हावाहुरी बाट थिचोमिचोमा परेको परिवारलाई सामाग्री हस्तान्तरण गर्दै तरुण दल कपिलवस्तुका सभापती शक्ति सिंह ठकुरीले जहाँ जसलाई दुख र समस्या पर्छ त्याहाँ नेबिसंघ र तरुण दल पुगी पीडीतहरुको घाउँमा मलम लगाउँदै आएको बताए ।

 

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *