खाना पर्यटनलाई प्रबर्धन गर्न देशैभरि चौरासी व्यञ्जन चखाउदै आमनेपाली टिभी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 लुदस, काठमाडौ । सुन्दर अनि स्वर्ग जस्तै  नेपाल । तराई, पहाड अनि  हिमालको देश नेपाल । कृषिप्रधान देश, विश्वको सर्वोच्च शीखर सगरमाथाको देश, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपाल । विभिन्न जातजाति, भाषाभाषी अनि विभिन्न धर्म संस्कृतिले सु सजित भएर बनेको देश नेपाल ।  हरेक जातिको आफ्नै बेग्लै विशिष्टता र पहिचान बोकेको मौलिक संस्कृति र  खानपानहरु छन् । पैसा हराए कमाउन सकिन्छ तर संस्कृति र संस्कार हराए सर्वस्व हराउँछ । अनि तपाईं हराउनु हुन्छ । त्यसैले यि मौलिक खानाहरूलाई  संरक्षण गर्नुपर्छ ।

कुनै पनि जातजातिको खानपान र पाककलाले त्यस जातिको इतिहास, संस्कार–संस्कृति, परम्परा र सभ्यताको झल्काउँछ । खाना बनाउने र खाने शैलीले पनि आफ्नो  इतिहास, परम्परा र सभ्यता जनाउँछ ।

खाना यस्तो वस्तु हो कि जसले मान्छेको बाँच्ने आयू निर्धारण गर्दछ । त्यसैले म भन्छु,  Today’s chef Tomorrow’s doctor, Tomorrow’s chef no more doctor। ।” खाना खान जाने औषधी, नजाने विष हो । त्यसैले ‘खानामा शुद्ध र बोलिमा बुद्ध’ भन्ने हाम्रो मान्यता पनि रहेको छ । हाम्रो नेपाली खानपान प्रकृति, विज्ञान, संस्कृति र धर्मसँग गाँसिएको हुन्छ ।

खाना देवतालाई चढाउने र भुतलाई मन्साउने देखि पाहुनालाई मिठो खुवाएर सत्कार गर्ने परम्परा बनेको छ । त्यसैले खाना समाज, संस्कार र रीतिरिवाजलाई जोड्ने र बाँध्ने संयोजक पनि हो । खाना भौतिक विषयमात्र होइन, भावनात्मक चिज पनि हो । किनकी मुखमा नपर्दै खाना देख्नसाथ मुख रसाउँछ । खाना र पेय पदार्थ कुटनीति  र राजनीतिसँग पनि जोडिएको हुन्छ । दिवाभोज र रात्रिभोज बैठकले स्वदेश तथा अन्तर्राट्रिय राजनीतिलाई प्रभाव पार्नै गरेका हुन्छन् । त्यसैले खाना र पेय पदार्थ कुटनीति पनि हो भन्ने अवधारणा विश्वमा चलेको छ ।


प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार १२:१४