मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले जेठ ३१ गते (भोलि) रक्तदान कार्यक्रम गर्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, जेठ ३०

विश्व रक्तदाता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले यहि जेठ ३१ गते (भोलि( सोमवार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा भन्ने मुल नाराका साथ विभिन्न मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आईरहेको मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले देशैभर रगतको अभाव भईरहेको समस्यालाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाका सभापति गोबिन्दराज पोख्रेलले जानकारी दिए ।

रक्तदान, जीवनदान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रमको तयारी करिव पुरा भएको संस्थाका सचिव माधव घिमिरले जानकारी दिएका छन् । उनले यस विशुद्ध मानवीय कार्यक्रमा सहभागी भई रक्तदान गर्न सम्पुर्णलाई आग्रह समेत गरेका छन् ।

विभिन्न सामाजिक संघ संस्थाको सहयोग रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि तौलिहवा शाखा को प्राविधिक सहयोग रहने छ ।

संस्थाले विगत देखिनै मानवीय तथा सामाजिक कार्य गर्दै आईरहेको छ ।

 


प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार ०२:१७