
हरि आचार्य कपिलवस्तु, जेठ ३१
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई रोकथाम तथा नियन्त्रणका लागि बि पि स्टडी युथ सर्कल कपिलवस्तुले प्रभावकारी काम गर्दै आएको छ । सोहि क्रममा आज कोभिड १९ को रोकथाममा स्वास्थय मापदण्ड सामग्री मध्ये मास्क वितरण गरिएको छ । कपिलवस्तुको चार नम्बर जितपुर चोकमा आवतजावत गर्ने स्थानीय तथा सुरक्षाकर्मीलाई मास्क प्रदान गरिएको सर्कलका सभापति सुशान्त पोख्रेलले बताएका छन् ।
मौसमको प्रतिकुलता पनि जितपुर चोकमा हिड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै सचेत पनि गराईएको सर्कलका जिल्ला सदस्य समिर कडेंलले जानकारी दिएका छन् । गरिव, विपन्नहरुको साहारा बन्न वि.पि. स्टडि युथ सर्कल सदैव तयार रहने सर्कलका सभापति पोख्रेलले प्रतिवद्धता जनाएका छन् ।
चार नं जितपुर चोकबाट सुरु गरिएसंगै गोरुसिङ्गे, चन्द्रौटा लगायतका जिल्लाका विभिन्न स्थानमा उक्त सचेतना तथा मास्क वितरण गरिने जिल्ला सदस्य समिर कंडेलले जानकारि दिएका छन् । कार्यक्रममा सर्कलका जिल्ला सदस्य वासु पोख्रेल, दिपक घिमिरे, बिबेक पौडेल लगायतको उपस्थिती रहेको थियो ।

