अब सत्यवती बज्यैसित बर माग्न केबुलकारमा जान पाइने

ByLumbini Darpan Online

३० जेष्ठ २०७८, आईतवार ११:१३ ३० जेष्ठ २०७८, आईतवार ११:१३ ३० जेष्ठ २०७८, आईतवार ११:१३

पाल्पा ।
चिच्याएर बर माग्ने धार्मिक गन्तब्यको रुपमा परिचित सत्यवती तालसम्म केवुलकार बिस्तारको काम हुने भएको छ । जिल्लामा पहिलो पटक निजी क्षेत्रको लगानीमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ राजमार्गदेखि सत्यवतीसम्म केबुलकार बिस्तार गर्ने तयारी गरिएको हो ।

सिद्धार्थ राजमार्गको तिनाउ–५, चौबिसमाइलदेखि सोही गाउँपालिकाको वडा नं। ४ को सत्यवतीसम्म करिब एक हजार ३५० मीटर लामो केबुलकारको बिस्तार गरिने लगानीकर्ताले जनाएका छन् । यहाँ केबुलकार सहित अन्य संरचना तयार गर्न एक अर्ब १० करोड लगानी गरिने सत्यवती दर्शन प्रालिका सञ्चालक डिल्लीराम बस्यालले बताए । हालसम्म केबलकार निर्माणका लागि डीपीआर तयार भईसकेको, केबलकारसहित होटल, बगैँचा र अन्य पूर्वाधारका लागि आवश्यक जग्गा खरिदको काम सकिएको बस्यालले बताए ।

कोरोना सङ्क्रमणको महामारी सकिएलगत्तै केबुलकार, होटल तथा बगैँचा लगायतको संरचना निर्माण हुने उनले बताए । केबुलकारको संरचना निर्माण सुरु गरेको डेढ वर्षभित्र सबै काम सकिने गरी काम थाल्ने लगानीकर्ताले जनाएका छन् । नेपालकै सन्दर्भमा फरक विशेषता सहितको धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले स्वदेश तथा विदेशमा क्रियाशिल सात जना व्यवसायीले यहाँ लगानी गर्न सहमत जनाएको बस्यालले बताए ।

केबुलकार निर्माणपछि हरेक दिन सत्यवतीसम्म सयौँ आन्तरिक तथा बाह्य ९खास गरेर भारत० पर्यटक भित्रिने लगानीकर्ताको दावी रहेको छ । त्यस क्षेत्रमा पर्यटक आकर्षित गर्न तिनाउ गाउँपालिका, लुम्विनी प्रदेश सरकार र सङ्घीय सरकारले सडक, मन्दिर लगायतको पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । सत्यवती ताल क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्र र तीन तहका सरकारको क्षेत्रबाट लगानी हुँदै आएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिए ।

परम्परादेखि नै सत्यवती मन्दिरमा पुगेका हरेक भक्तजनले चिच्याएर बर माग्ने परम्परा छ । यो परम्परा नेपालमा मात्र नभएर विश्वमै फरक रहेकाले केबलकार निर्माणपछि सत्यवती क्षेत्रमा भक्तजनको आकर्षण थपिने तिनाउ गाउँपालिका वडा नं। ४ का अध्यक्ष दानबहादुर गाहाले बताए । परम्परादेखि नै चिच्याएर बर मागे मात्र मागेका बर सत्यवती बज्यैले पूरा गरिदिने धार्मिक विस्वास रहदैँ आएको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *