
पाल्पामा दुई ओटा टिप्पर सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । तानसेन रिडी तम्घास सडकखण्ड अन्तरगत रिब्दीकोट गाउपालिका २ लघुवा नजिकै जोर्तेमा बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नम्बर ३ ००१ क ०२५० नम्बरको टिप्परलाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका उनलाई तानसेनस्थित युनाईटेड मिसन अस्पतलमा पुर्गाउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य ४ जना घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेकोे छ ।