Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

साझा अभियानद्धारा बुद्धभुमीलाई अक्सिजन कन्सन्ट्रेटर ,बुद्धभुमीले गर्यो २ लाख सहयोग

थानेश्वर अधिकारी ,कपिलवस्तु ।
साझा प्र्रयास अभियानद्धारा बुद्धभुमी नगरपालिकालाई आज २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बिभिन्न दाता हरुको सहयोगमा साझा प्रयास अभियानका सचिव, बुद्धभुमी नगरपालिकाका संयोजक लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली ले तिन लाख पचहत्तर हजार बराबर को १० लिटरको २ थान अक्सिन कन्सन्ट्रेटर बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कन्सन्ट्रेटर बुझ्दै बुद्धभुमी नगर पालिकाका प्रमुख केशव कुमार श्रेष्ठले साझा प्रयास अभियानलाई धन्यवाद दिदै नगरपालिकाका तर्फबाट दुई लाख आर्थिक सहयोग पनि गरेका छन् साथै भबिस्य मा साझा प्रयास अभियान लाई थप सहयोग गर्ने बताउनु भएको छ । साझा प्रयास अभियान र बुद्धभुमी नगरपालिकाका बिच साझोदारीमा सम्झौता गरेर सहयोग भएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

अक्सिजन बिना कोही मर्न न परोस, स्वास्थ्य सामग्रीको अभावमा कोही उपचारबाट बन्चित हुन न परोस, लकडाउन को प्रभावले कोही भोकै बस्न नपरोस भन्ने नारा का साथ साझा प्रयास अभियानले कपिलवस्तु जिल्लामा अभियान संचालन गरिहेको छ । साझा प्रयास अभियान को आह्वानमा कोरोना भाइरसको दोस्रो लहरबाट ग्रसित भइ बिगतका दिनमा कपिलवस्तुको अवस्था भयावह रहेको महसूस गरी तेश्रो लहर बाट जोगि का निम्ति एवं कोरोना महामारीको दोश्रो लहर लाई परास्त गर्न का निम्ति बुद्धभुमी नगरपालिकामा पालिका स्तरीय स्वास्थ्यकेन्द्र हरुद्वारा प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउने उदेश्यले सो सामाग्री हस्तान्तरण गरिएको साझा प्रयास अभियानका संयोजक रवि ठाकुरले बताउनुभयो । बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियानको कोभिड दोश्रो लहरको प्रतिकार्य कोभिड तेश्रो लहरको बचाव कार्य यात्रा जारी नै रहेको साझा प्रयास अभियान का संयोजक ठाकुरले जानकारी दिनुभयो ।

अभियानले दोश्रो लहर बाट पार पाउन कोर्डिनेशन मिटिंग गरी अक्सिजन सिलिण्डर,स्वास्थ्य सामग्रीको उपलब्धता गराउने कार्य गरेको छ । त्यस्तै बहादुरगंज अस्पताल मा निःशुल्क खाना तथा नास्ता, तौलिहवा अस्पताल, कोभीड अस्पताल एवं सुरक्षाकर्मी हरुलाई दुई टाइम चिया नास्ता तथा अति बिपन्न हरु को घर दैलो मा पुगी राहत बितरण गर्ने कार्य गरिरहेको छ भने आज देखी पालिकाहरुमा अक्सिजन कन्सन्ट्रेटर बितरण कार्यको शुभारम्भ गरि निकट भविष्यमा जिल्ला अस्पतालमा थप ५ बेड आईसियु, अस्पतालको साझेदारी मा शव बाहन संचालन, कपिलवस्तु नगरपालिका र साझा प्रयास अभियानको साझेदारीमा सामुदायिक सरुवा रोग अस्पताल निर्माण कार्य को सुभारम्भ भएको बताइएको छ । हस्तान्तरण कार्यक्रममा साझा प्रयास अभियान का सदस्य यशोधरा गाउँ पालिका संयोजक लुम्बिनी प्रदेश निर्माण ब्यवसायि महासंघका प्रशासनिक उप महासचिव दिनेश हमाल, साझा प्रयास अभियानका सदस्य पत्रकार महासंघ का सभापती किरन मान बज्राचार्य, प्रेस युनियन का सभापति गोपाल भण्डारी, उद्योगपति सन्दीप कसौधन, बुद्धभुमी नगरपालिकाकी उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पुर्ब सभापति द्वय भेषराज पाण्डेय, डिलाराम भुसाल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *