
बिष्णु कुमार आले जेठ ३१ अर्घाखाँची ।
गुल्मी र अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासनले केही खुकुलो पारी निषेधाज्ञा जारी राखेको हो । अर्घाखाँची प्रशासनले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी किराना, खाद्यान्न, हाड्वेयरसहित खरिद तथा बिक्री गर्ने पसलहरु बिहान ५ बजेदखि दिउँसो १ बजेसम्म मात्रै खुला रहने अर्घाखाँची प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो । अत्यावश्यक बाहेक अरु सबै बन्द नै रहने उहाँले बताउनुभयो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ देखि ११ बजेसम्म खुला गरिने बताउनुभयो । गाडी मर्मत गर्ने वर्कसप बिहानदेखि बेलुका ७ बजेसम्म खुला रहेनछन् । खाद्यान्न, किराना र पुस्तक तथा स्टेशनरी पसल बिहान ७ देखि ११ बजेसम्म खुला गरिएको भण्डारीले बताउनुभयो । होटल, रेष्टुरेन्ट, ब्युटी पार्लर बन्द रहनेछन् । अत्यवाश्यक बाहेक अरु सबै पहिला जस्तै बन्द रहने उहाँले बताउनुभयो ।

