
लुदअ कपिलवस्तु, जेष्ठ ३१
कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधान हुने भएको छ । नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माणको अन्तीम तयारी गरी रहेको छ । नमुना सामुदायिक बन क्षेत्रभित्र डम्पीङ साइड बनाउने तयारी भएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।
फोहोरबाट मोहोर बनाउने योजनालाई पनि अगाडी बढाइने बताउदै तत्काल बाँकी प्रक्रिया पुरा गरेर फोहोर ब्यवस्थापन गर्ने तयारी भएको मेयर थारुले बताए । फोहार ब्यवस्थापनका लागी वडा नंं. ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्र तोकीइएको र अन्य सबै ब्यवस्थापनको जिम्मा नगरपालिकाले गर्ने वडा नम्बर ९ का वडा अध्यक्ष धुर्व बेल्बासेले बताए ।
फोहोर ब्यवस्थापनका अन्य सबै कामका लागी नगरपालिकाले तयारी गरि रहेको बताउदै यस कार्यले स्वच्छ नगर निमार्णमा टेवा पुग्ने बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।