रुपन्देहीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

१ असार, २०७८

बुटवल ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीमा सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । बुटवल–देबदहसडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपि डम्बर बहादुर बिकले जानकारी दिए ।

उनका अनुसार मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको छ । सडक भासिएपछि गन्तव्यमा हिडेका सवारी साधन दुबै तर्फ अलपत्र परेका छन्।राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।


प्रकाशित : २०७८ असार १, मंगलवार ०९:५१