हरि आचार्य, कपिलवस्तु
प्रत्येक बर्ष नगरपालिकामै सबै भन्दा पहिले काम गरि जनताको माग र आवश्यकता अनुसार विकास निर्माणका काम गर्दै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीले आफ्ना नमुना कामलाई निरन्तरता दिईरहेका छन् ।

सधैँ नुमना काम गरेर चर्चामा आउने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी फेरि चर्चामा आएका हुन् । आफ्नो वडाका महत्वपूर्ण ४ चोकमा ‘छाता प्रतिक्षालय’ ठड्याएर चर्चामा आएका हुन् । नयाँ खालको प्रतिक्षालय बनेपछि ती चोकहरु पनि आकर्षक देखिएका छन् ।

एउटा छातामुनि १३ देखि १५ जनासम्म बस्न मिल्ने गरी बनाइएका ती प्रतिक्षालय वडाको ८ लाख बजेटमा निर्माण भएका वडाध्यक्ष गिरीले बताए । अहिले मोतिपुरको बाँणीगाउँ, धैरेनीडाँडा, कोइली बनगाई र खारखानीमा ती आकर्षक प्रतिक्षालय बनेका छन् ।

प्रतिक्षालयमा पुरै फलामको प्रयोग छ । ती प्रतिक्षालय केवल आरामको लागि मात्र नभएर महिला समूहका स–साना वैठकहरु पनि बस्ने गरी बनाइएको वडाध्यक्ष गिरीले बताए । जिल्लाभित्र र बाहिरका जनशक्तिसंगै स्थानीय युवाहरुको सहयोगमा प्रतिक्षालय बनेका उनको भनाई छ ।

बिभिन्न स्थानमा डुल्दा, घुम्दा र होटल रेष्टुरेन्टमा खाजा खाँदा देखेका छाता प्रतिक्षालयले आफ्नो मन खिचेपछि यस्तो कल्पना आएको वडाध्यक्ष गिरीले बताए । वडामा पनि यस्तै प्रतिक्षालय बनाउन सकिन्छ कि भनेर सोँच बनाई सोको अध्ययन र अनुसन्धान गरी वडाबाट बजेट बिनियोजन गरी अहिले निर्माण सम्पन्न गरेको बताए ।

यी प्रतिक्षालय बनाउँदा वडाको सुन्दरता पनि बढेको उनले बताए । अहिले जग्गाको समस्या, वर, पिपलका रुखहरुको फँडानीका कारण आराम गर्ने ठाउँ धेरै ठाउँमा नहुँदा समस्या भएको देखेपछि पनि यस्तो परिकल्पना आएको उनले बताए ।

आगामी बर्ष पनि उहाँले थप ब्यवस्थित गरि ४ वटा छाता प्रतिक्षालय बनाउने योजना रहेको उनले बताए । वडाध्यक्ष गिरीले प्रतिक्षालयको फोटोसहित सामाजिक संजालमा पोष्ट गरेपछि भाईरल भएको छ । अधिकांश प्रतिक्रियामा वडाध्यक्षको नमुना र नयाँ काम भनेर चर्चा गरिएको छ ।


वडाध्यक्ष गिरीले संक्षिप्त प्रतिक्रिया दिंदै भौतिक विकास निर्माणसंगै सामाजिक रुपान्तरणका कामहरु पनि निरन्तर रुपमा अगाडि बढाईरहेको बताए । उनले वडालाई समृद्ध बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *