अविरल वर्षासँगै रिडीखोला र कालीगण्डकी नदीमा जलसतह बढेपछि धार्मिक पर्यटकीय रूरूक्षेत्र डुबानमा परेको छ । तीन दिनदेखिको वर्षाले तानसेन नगरपालिका–१४, अर्गली ऋषिकेशव मन्दिर र कुसेनीमा गरी ६ वटा घरटहराका बासिन्दा विस्थापित भएका छन् । रिडीखोला किनारमा बस्ने केही घरमा बाढी पसेको स्थानीय सुन्दर कसजुले जानकारी दिनुभयो । बाढी पसेपछि ऋषिकेशव मन्दिर नजिकका चार र कुसेनीका २ घरका बासिन्दा विस्थापित भएको वडाध्यक्ष कमल रानाले बताउनुभयो । गुल्मी रूरूक्षेत्र गाउँपालिका–१, रिडी गुल्मीको बसपार्कमाथि रहेको रिडी–खर्ज्याङ सडकखण्डका १० घर जोखिममा परेका छन् । रिडी खोलाले तटीय क्षेत्र कटान गरेको स्थानीयले बताएका छन् । रूरूक्षेत्रमा निर्माण भइरहेको तीनमुखे पुल, कालीगण्डकी करिडोर, रिडीखोलातथा कालीगण्डकी तट्बन्धमा पनि बाढीले क्षति पु¥याएको छ । त्यस्तैअविरल वर्षाले कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको हो । स्थानीय व्यवसायी सुशील कुँवंरका अनुसार पर्यटकीयस्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन्




















