सरकारद्धारा चीनया कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने तयारी

ByLumbini Darpan Online

३ असार २०७८, बिहीबार ११:२२ ३ असार २०७८, बिहीबार ११:२२ ३ असार २०७८, बिहीबार ११:२२

सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने तयारी थालेको छ । कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन । तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार अघि बढ्न सरकार सहमत भएको हो । खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने बुझिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *