भलवाडमा डम्पि∙ साईड बनाउन नदिने भन्दै मेयरलाई ज्ञापनपत्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुम्बिनी दर्पण साप्ताहिक
कपिलवस्तु जिल्लाको बाणगंगामा फोहोर व्यवस्थापन चुनौती बन्दै गईरहेको बेला हालै भएको जग्गा छनौट पुन विवादमा परेको छ ।

नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधान का लागि केही समय अघिमात्र नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माणका निर्माण गर्ने गरि जग्गा छनौट भएको बताएको हप्तादिन नवित्दै भलवाडमा नागरिक स्तरबाट विरोध सुरु हुन् लागेको हो ।

स्थानियबासीको सहमतीविनै नगरका केही व्याक्तिले जग्गा छनौट गर्दा सो क्षेत्रलाई असर पुग्ने भन्दै आज भलवाडबाट ६ राजनैतिक दलले बाणगंगा नगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस भलवाडका अध्यक्ष दिपक थापा ले स्थानियको सल्लाहविनै नगरले निणर्य लिनु गलत भएको भन्दै उक्त स्थानमा कुनै हालतमा डम्पि∙ साईड बन्न नदिने बताए । जसपा नेपालका का नारायण खनालले वैकल्पिक ठाउँका विषयमा अध्यननका लागि आफुहरुले पनी सहयोग गर्ने बताए । ज्ञापन पत्र बुझद्ै मेयर मंगल प्रसाद थारुले २०७४ साल देखि नै जग्गा विवाद हुदाँ नगरको डम्पि∙ साईड बन्न नसकेको भन्दै विरोध भन्दा विकल्प दिन सुझाए ।

फोहार ब्यवस्थापनका लागी वडा नंं. ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्र तोकीएको थियो । सो बनक्षेत्रमा जग्गा व्यवस्थापनका लागि सर्वदलिय सहित वनका पदाधिकारी नगरपालिकाको टिम लगाएतका सरोकारवालाले अध्ययन अवलोकन का साथै निणर्य नै गरेर निति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।


प्रकाशित : २०७८ असार ४, शुक्रबार ०८:५२