लुम्बिनी दर्पण अनलाईन
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले यही असार ६ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । आव ०७८÷०७९ को लागि नीति तथा कार्यक्रममा २ वटा गौरवका योजनासँगै जनपक्षिय बजेट ल्याउने बताएको छ ।
आइतबार ९ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्ने तयारी भैरहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बुद्धभूमिको नीति तथा कार्यक्रममा
गौरवका योजनाहरु बुड्डीको ६५ विगाह क्षेत्रफलमा फैलिउको तालमा पर्यटन प्रर्वद्धनका लागि वृहत्तर योजना र टिक्कर बुड्डी बिजगौरी जोडने महत्वपुर्ण सडक आयोजनाका लागि ८ करोड ३७ लाखको बजेट ल्याउन थालिएको श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाले शिक्षा, स्वास्थ्य तथा बहुसरोकारका क्षेत्रमा बजेट वृद्धि गर्ने समेत बताउनुभएको छ ।