पाल्पामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर १ जनाको मृत्यु

ByLumbini Darpan Online

५ असार २०७८, शनिबार १३:३० ५ असार २०७८, शनिबार १३:३० ५ असार २०७८, शनिबार १३:३०

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ३ हिरापोखरा आर्यडाडाका ३५ वर्षीया मीरा विकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएका विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरी चौकी हार्थोकका प्रमुख विष्णु रेग्मीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *