बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नीति, कार्यक्रम तथा बजेटमा सम्बोधनको लागि बुटवल उपमहानगरपालिकालाई सुझाव दिएको छ । संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, उद्योग उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य सुरज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको टोलीले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई भेटेर लिखित रुपमा सुझाव दिएको हो ।
संघको ६७ औं वार्षिक साधारण सभामा प्रारित प्रस्तावका आधारमा स्थानीय कर, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य, स्थानीय आर्थिक बिकास लगायत समसायिक विषयमा सुझाव दिईएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो । संघले स्थानीय तहले लिदै आएको बहाल कर आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र बुझाउने व्यवस्था मिलाउन, उपमहानगर क्षेत्र भित्र निजी स्वामित्वमा रहेको जग्गामा वा लिजमा लिई स्थापना हुने उद्योगहरुमा न्यूनतम ५ वर्ष सम्म बहाल कर र व्यवसाय कर छुटको व्यबस्था मिलाउन र कोभिड १९ ले व्यवसायीक क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राख्दै व्यवसायीक करमा छुट प्रदान गर्ने व्यवस्था लगायत पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य फोहोरमैला व्यवस्थापन लगायतका विविध क्षेत्रमा सुझाव प्रस्तुत गर्दै सम्बोधनका लागि आग्रह गरेको हो ।
बुटवल उद्योग बाणिज्य संघद्वारा बुटवलको नीति, कार्यक्रम र बजेटमा सुझाव
प्रकाशित : २०७८ असार ६, आईतवार १३:२३
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech