रुपन्देहीका जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटदै , पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि

[sharethis-inline-buttons]

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटदै आएको छ । पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने ४६ जना निको भएका छन् । २९३ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । आज रुपन्देहीका बुटवल उपमहानगरपलिका ,तिलोत्तमा नगरपालिका सैनामैनामा नगरपालिकाका, मायादेबी गाउँपालीका र रोहीणी गाउँपालिकामा गरी २२ संक्रमित थपिएका हुन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३८७ रहेको र रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रकाशित : २०७८ असार ६, आईतवार १३:२६