तिलोत्तमा, ७ असार ।
तिलोत्तमा चेम्बर अफ कमर्शले कर तिर्ने समयसीमा थप गर्न सरकारसँग माग गरेको छ । संस्थाको सचिवालय बैठकले निषेधाज्ञाका कारण सबै व्यवसायीहरुको आर्थिक कारोबार पूर्णरुपमा सञ्चालन नभएको अवस्थामा सरकारले असार २५ गतेभित्र कर तिर्ने समयसीमा तोकेकोमा ध्यानाकर्षण भएको जनाउँदै निषेधाज्ञा पूर्णरुपमा खुलेको तीन महिनासम्म कर तिर्न पाउने गरी समय थप गर्न माग गरेको हो । बैठकपछि संस्थाका अध्यक्ष बाबुलाल भुसालद्वारा जारी विज्ञप्तीमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गर्दै घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ । बैठकले सम्पूर्ण उद्योगी व्यवसायी र अग्रपंक्तिमा कार्यरत श्रमिकहरुलाई कोभिड–१९ को दुवै चरणको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।




















