
पछिल्लो २४ घण्टामा देशभर ३१ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा यससँगै हालसम्म नेपालमा ५ लाख ५९ हजार ९२८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९ दशमलब ९प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जनाहोम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागतआइसोलेसनमा, ८११ जनाआईसीयू तथा २३७जना भेन्टिलेटरमा रहेका छन् । आजथ प४६ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

