असार ७

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारका प्रतिगामी कदम अराजनीतिक कामको विरोधमा विरुद्व दृढतापूर्वक लाग्न एकताबद्ध हुन पार्टी मातहतका जनवर्गिय संगठनहरुलाई निर्देशन दिएको छ । राष्टिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले विज्ञप्ती जारी गर्दै सरकारले प्रतिनिधि सभा विघटन, लामो समयदेखि विचाराधीन रहेको नागरिकता विधेयक संसदको अनुपस्थितिमा अध्यादेशबाट नागरिकता विधेयक जारी गर्ने वर्तमान सरकारको कदम गलत भएको भन्दै त्यसको बिरोधमा लाग्नु पर्ने बताउनु भयो । उहांले कोरोना माहामारीबाट नागरिकलाई बचाउन खोपको व्यवस्था र बाढी पहिरोबाट पीडित नागरिकलाई तत्काल उचित व्यवस्था मिलाउन सरकारसंग माग समेत गर्नुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *