असार ७

प्याब्सन रुपन्देहीले आफ्ना शिक्षक–कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भन्दै जिल्लाका सबै पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ ।शिक्षकहरु विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकोले सबै शिक्षक–कर्मचारीहरुलाई यथाशीघ्र खोपको व्यवस्था गर्न पालिकाहरुमार्फत सरकारसँग माग गरेको हो ।आफ्ना पालिकास्तरीय कमिटीहरुमार्फत जिल्लाका १६ वटै पालिकाहरुमा दुई दिन लगाएर असार ६ र ७ गते बुझाइएको ध्यानाकर्षण पत्रमा कुनै विद्यार्थी एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तर हुँदा मार्कसिट र स्थानान्तरण प्रमाणपत्र अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था लागू गर्नसमेत माग गरिएको छ । यसैगरी सम्पूर्ण गाउ“पालिकाभरि फ्रि–इन्टरनेट जोन बनाई अनलाइन पठनपाठन हुने वातावरण बनाउन, सेनेटरी प्याड, सेनेटाइजर, माक्स आदि सामग्री उपलब्ध गराउ“दा संस्थागत र सामुदायिक विद्यालयमा विभेद नगर्न, संंस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षक–कर्मचारीहरुका लागि पनि वृत्ति विकासका लागि उपलब्ध गराइने तालिमको लागि बजेट विनियोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *