लुदअ कपिलवस्तु, असार ७
उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लिले ब्रिज कोर्षका कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुर र गजेहडामा रहेको सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै ब्रिज कोर्ष सञ्चालन गर्ने सेन्टरका प्रबन्धक असीम कंडेल क्षेत्रीले बताएका छन् ।
कंडेलले कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी निषेधाज्ञाको अवस्था अनुसार केहि दिनमै ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
एस.ई.ई पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी लुम्बिनी लर्निङ्ग सेन्टरले कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन सेन्टरले आग्रह गरेको छ । साथै सिट सिमित भएकाले भर्नाका लागि भने अहिलेनै सम्पर्क गर्न सकिने छ ।

लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लिले प्रकाशन गरेको सुचना :
एस ई ई पछि कक्षा ११ मा अध्ययन गर्दा बिद्यार्थीलाई सुरुमा के पढ्ने, कसरी पढ्ने, कुन–कुन किताब पढ्ने भन्ने कुराको राम्रो ज्ञान नहुने हुँदा र बढ्दो प्रतिस्पर्धामा आफुलाई सक्षम गराउन तयारी कक्षाको अति नै आवश्यकता पर्दछ । सो बारेमा विज्ञहरुबाट जानकारी तथा परामर्श व्यवस्थाको साथ के अध्ययन गर्ने ? कुन विषय अध्ययन गर्ने ? कस्तो कलेज छनौट गर्ने ?
कस्तो विषय अध्ययन गर्दा बढी भन्दा बढी अवसर प्राप्त हुन्छ लगायत अन्य थुप्रै जिज्ञासाहरु मेटाउन लागि लुम्बिनी लर्निङ्ग सेन्टर वाणगंगा, कपिलवस्तुमा आई सम्पर्क गर्न सक्नुहुनेछ ।
केही समय पछि सुरक्षाका सबै उपाय अपनाउदै सामाजिक दुरि कायम गरि भौतिक कक्षा सन्चालन गर्ने भएको छ । गतवर्ष जस्तै काठमाडौ, बुटवल र कपिलवस्तुका दक्ष शिक्षकहरु बाट ब्रिजकोर्ष र तयारी कक्षा सन्चालन गर्ने भएको छ । साथै बुटवल, काठमाडौं र कपिलवस्तुका कुनै पनि कलेजमा भर्ना गर्नको लागी हामी सहयोग गर्ने छौं ।
विगतका बर्षहरुमा लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.मा अध्ययन गरि काठमाण्डौ र बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको थियो ।



















