Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

बुद्धभुमि नगरपालिकाद्धारा छात्राहरुका लागी साईकल बितरण

लुदस,कपिलवस्तु ।
बुद्धभुमि नगरपालिका,कपिलवस्तुमा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत आज महुवाबाबा माध्यामिक विद्यालय,महुवाका कक्षा ८ मा पढ्ने ३९ जना छात्राहरुका लागी साईकल बितरण गरिएको छ ।

बुद्धभुमि नगरपालिकामा यस बर्ष देखी संचालन भएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट बुद्धभुमि नगरपालिका वडा नं ५,६,७,८ र १० का कक्षा ८ मा अध्ययनरत २४७ जना छात्राहरुका लागी साईकल बितरण गरिने कार्यक्रम रहेको बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो ।

आज भएको साईकल बितरण कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालिकाका प्रमुख तथा कार्यक्रम सिफारिस समितिका संयोजक केशव कुमार श्रेष्ठले बुद्धभुमि नगरपालिकाको दक्षिणी भेगका बिद्यालयमा अध्ययन गर्ने माध्यामिक तहका छात्राहरुमा बिद्यालय छोड्ने दर बढि भएकाले सो दरलाई न्युनिकरण गर्न तथा माध्यामिक तहको शिक्षा प्रति आकर्षित गर्ने उद्देश्यले छात्राहरुलाई साईकल बितरण गरिएको बताउनुभयो

सो कार्यक्रममा बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, ईञ्जिनियर निकिता त्रिपाठी, शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई ,कार्यपालिका सदस्य ,योजना शाखा प्रमुख तथा कार्यक्रम फोकल पर्सन नविन खनाल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *