लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

ByLumbini Darpan Online

८ असार २०७८, मंगलवार १३:४० ८ असार २०७८, मंगलवार १३:४० ८ असार २०७८, मंगलवार १३:४०

असार ८, २०७८
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले आज विज्ञप्ती जारी गरी नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको जनाएको छ । अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको फिबर क्लिनिक र बाँकीको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *