पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामाको रोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दापीसीआर विधिबाट ३हजार ७ सय ३ र एन्टिजेन विधिबाट ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जनातथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४हजार ९ सय ५४ जना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९० दशमलब २ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १ दशमलब ५ प्रतिशत रहेको छ ।
आज थप ४ हजार ५२२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ।।
प्रकाशित : २०७८ असार ८, मंगलवार १३:४७
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech