बुटवलको नीति कार्यक्रम सार्वजनिक,स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार प्राथमिकतामा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असार ८

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको बताउनुभयो । महामारी र अन्य विपद्बाट नागरिकको जीवन रक्षलाई नीति कार्यक्रमको केन्द्रविन्दुमा राखेको जानकारी दिंदै संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चिताका लागि पहल गरिने प्रमुख सुवेदीको भनाई छ । नीति तथा कार्यक्रम बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाहरुका लागि रोजगारी सिर्जना र उद्यमशीलता; सीप विकास, जेष्ठ नागरिकलाई सम्मानमा केन्द्रित रहेको नगर प्रमुख सुवेदीले बताउनुभयो ।


प्रकाशित : २०७८ असार ८, मंगलवार १४:००