बुद्धभुमि नगरपालिकाबाट छात्राहरुका लागी साईकल र एकल महिलाका लागी बाख्रा बितरण

ByLumbini Darpan Online

९ असार २०७८, बुधबार ०४:४० ९ असार २०७८, बुधबार ०४:४० ९ असार २०७८, बुधबार ०४:४०

लुदस,कपिलवस्तु ।
बुद्धभुमि नगरपालिका,कपिलवस्तुमा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत कक्षा ८ मा अध्ययनरत ६१ जना छात्राहरुका लागी साईकल तथा ३३ जना एकल महिलाहरुका लागी बाख्रा बितरण गरिएको छ।

बुद्धभुमि नगरपालिका भित्र रहेका ३३ जना एकल महिलाहरुका लागी व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रति व्यक्ति २ वटाका दरले बाख्रा बितरण गरिएको बुद्धभमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।

साईकल बितरण कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालिकाका प्रमुख तथा कार्यक्रम सिफारिस समितिका संयोजक श्रेष्ठले बुद्धभुमि नगरपालिकाको दक्षिणी भेगका बिद्यालयमा अध्ययन गर्ने माध्यामिक तहका छात्राहरुमा बिद्यालय छोड्ने दर बढि भएकाले सो दरलाई न्युनिकरण गर्न तथा माध्यामिक तहको शिक्षा प्रति आकर्षित गर्ने उद्देश्यले छात्राहरुलाई साईकल बितरण गरिएको बताए ।

बुद्धभुमि नगरपालिकामा यस बर्ष देखी संचालन भएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट बुद्धभुमि नगरपालिका वडा नं. ५,६,७,८ र १० का कक्षा ८ मा अध्ययनरत २४७ जना छात्राहरुका लागी साईकल बितरण गरिने कार्यक्रम रहेको बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिएका छन् । ।

बाख्रा पाएपछी बुद्धभुमी नगरपालिका वडा नं ६ की कान्ती लोध खुसी भएकी छन् उनले भनिन् नगरपालिकाले दिएका यि बाख्राहरुलाई म राम्रो सँग हुर्काउछु र बढाउँछु र यसैबाट आम्दानी गरेर जिविकोपार्जन गर्नेछु ।

यो बर्ष कार्यक्रमबाट वादी तथा कुमाल सुमदायका मानिसहरुका लागी कुखुराको खोर तथा चल्ला बितरण गरिने कार्यक्रम पनी रहेको कार्यक्रमका फोकल पर्सन नविन खनालले  बताएका छन् । ।

सो कार्यक्रममा बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, सिफारिस समितिका सदस्य देवी बेल्वासे,शुशिला दर्लामी, प्रशासकीय अधिकृत राजन पोख्रेल, शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई ,योजना शाखा प्रमुख तथा कार्यक्रम फोकल पर्सन नविन खनाल,बिद्यालयका प्रधानाध्यापक ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *