भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाउन सुरु गरिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमडौं ११ असार,
चीनले यपलब्ध गराउने भनिएको भेरोसेल खोपको दोस्रो मात्राको खोप आउदो बैशाख देखी लगाइने भएको छ । कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको हो ।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा बुस्टर डोजखोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले जानकारी दिए।
यसका साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए । उनले भने, यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ ।
६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले जानकारी दिए। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।


प्रकाशित : २०७८ असार ११, शुक्रबार १०:११