बाणगंगाको आईसोलेशनका सबै शैया खाली

[sharethis-inline-buttons]

कपिलबस्तु, असार ११
कपिलवस्तुको बाणगंगा नगरपालिकाले कोरोनाका संक्रमितको उपचारका लागि सञ्चालन गरेको आईसोलेशनका सबै शैया खाली भएका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण फैलिएसंगै नगरपालिकाले सिद्धार्थ क्याम्पसमा आईसोलेशन सेन्टर सञ्चालन गरेको थियो । १५ शैयाको आईसोलेशनमा हाल एक जना संक्रमितको डिस्चार्ज भए पछि अहिले शैया पुर्ण रुपमा खाली भएको छ ।

यता स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरपालिकाले सञ्चालन गरेको १५ शैयाको आईशोलेसन पुर्ण रुपमा खाली भएको बताएका छन् । उनले स्वास्थ्यकर्मी,, एमबुलेन्स चालक कर्मचारी लगायत नगरको सिंगो टिम उपचारका लागि तयारी अवस्थामा रहेकाले संक्रमित भेटिएमा शिघ्र उपचारको व्यबस्था मिलाईने बताए ।

उनले सम्पुर्णको प्रयासबाट नै जिल्लाको सबै भन्दा संक्रमति भएको बाणगंगाको अवस्था अहिले शुन्यमा झरेको बताए । उनले अक्सिजन, उपचार तथा स्वास्थ्यकर्मीको लापर्वाहीले कुनै पनि संक्रमितको अहिले सम्म मृत्यु नभएको दावी गरे ।


प्रकाशित : २०७८ असार ११, शुक्रबार १२:२७