ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मानव अधिकार समुह बाणगंगाले बुझायो नगरपालिकालाई ध्यानाकर्षण पत्र

लुम्बिनी दर्पण २०७८ असार ११, शुक्रबार १८:३०

हरि आचार्य कपिलबस्तु, असार ११
ईन्सेकद्धारा गठित मानव अधिकार समुह बाणगंगाले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समुह बाणगंगाका अध्यक्ष ईन्दिरा भट्राईको संयोजकत्वमा समुहका पदाधिकारीहरुको समुहले मेयर मंगल प्रसाद थारुलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा कोभिड १९ विरुद्धको खोप सम्पुर्ण स्थानिय जनताले लगाउन पाउने सुनिश्चितताको अविलम्ब व्यवस्था गर्न, स्थानिय तहका प्राबि र निमाबिका केही शिक्षकहरु कोरोनाको खोपबाट बञ्चित भएको हुँदा तुरुन्त खोपको ब्यबस्था गर्न, दैनिक ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने परिवारका लागि तत्काल स्थानिय तहले राहतको ब्यबस्था गर्न माग गरिएको छ ।

त्यस्तै विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले आक्रान्त मच्चाई रहँदा स्थानियतहमा अक्सिजनको अभाव र निर्माण भएका आईसोलेसन सेन्टरमा दक्ष जनशक्ती नहुँदा जिल्ला तथा लुम्बिनी प्रादेशिक अस्पत्तालमा समेत बेड खाली नहुँदा यस स्थानियतहका कैयो जना ब्यक्तीले कोरोनाका कारण ज्यान गुमाए । अक्सिजनको अभावले बाँच्न सक्ने सङ्क्रमितहरुलाई समेत उचित व्यवस्था तथा हेरविचार गर्न नसकेर बचाउन नसकेको समेत उल्लेख गरिएको छ ।

त्यस्तै कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले थप गर्दै गरेको निषेधाज्ञाका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने व्यक्ति र बर्गलाई थप सङ्कट उत्पन्न भएको छ । तीनै तहका सरकारले कोभिड नियन्त्रणका लागि गर्नु पर्ने कार्यहरु प्रभावकारी रुपमा गर्न नसकेको जनगुनासो बढदो अवस्थामा आएपछि स्थानियतहलाई ध्यानाकर्षण गराईएको हो ।

ग्रामिण तहमा अहिले पनि कोभिडको लक्षण भएका रुघाखोकी र ज्वोरोका बिरामीहरु प्रसस्त मात्रामा रहेको भएपनि उनीहरुको चेकजाँच हुन सकेको छैन् । नगरपालिकामा पीसीआर तथा एन्टिजेन किटको व्यवस्था गरी परीक्षणको दायरा बढाउन, .दिर्घरोगीहरुलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपुर्ति गरियोस, जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, महिलाहरुकोे स्वास्थ्य र सुरक्षाको बिशेष पहल गर्न समेत ध्यानाकर्षण गराईएको हो ।

यसैगरी निषेधाज्ञाको अवस्थामा उपभोग्य बस्तुको मूल्य अत्याधिक मात्रामा बृद्धि भएको र कालोबजारी बढदै गएकोले उपभोक्ताहरु थपमारमा परेको पाइएकोले प्रभावकारी बजार अनुगमन तथा उपभोक्ताहरुको आधारभूत आवश्यकताको परिपूर्तिको लागि स्थानीय सरकारहरुबाट उचित प्रवन्ध मिलाउन र संबिधानमा उल्लेख भए अनुसार आम नागरिकको स्वास्थ्य सम्बन्धी हकका साथै बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न पत्र मार्फत ध्यानाकर्षण गराईएको हो ।

विभिन्न क्षेत्र बाट बालबालिकाहरु लाई आतंकितपार्नेगरी कोभिडको तेश्रो लहर वारे आयका समाचारहरुको वैधता यकिन गरि परामर्श जन्य कार्यक्रमहरु सघन रुपमा सञ्चालन गर्न, कोभिडको कारण भौतिक उपस्थितिमा हुन नसकेको पठन पाठन कार्यलाई विभिन्न वैकल्पिक विधिहरुको प्रयोग गरि पठन पाठन र मूल्यांकनका विधिहरुमा समेत परिवर्तन स्थानियतहले पहल गरियोस लगाएतका बिषयहरुमा ध्यानाकर्षण गराईएको छ ।

समुहका अध्यक्ष ईन्दिरा भट्राईले मानव अधिकार समुह एउटा पिडित नागरिकलाई पुलको काम गरि उनीहरुको वकालत गर्ने समुह रहेको बताईन् । उनले मानव अधिकार समुह नगरपालिकासंग समन्वय गर्दै अगाडि बढ्न खोजेको बताईन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर मंगल प्रसाद थारुले ध्यानाकर्षण पत्रमा उल्लेख मागलाई छलफल गरि समयमै निष्कर्ष निकाल्ने बताएका छन् । उनले हामी मानव भएकाले मानव अधिकारको विषयमा धेरै लागि परेको बताए । मेयर थारुले यस क्षेत्रमा काम गर्ने मानव अधिकार समुह वाणगंगासंग नगरपालिका सदैव समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नगर उप प्रमुख चक्रपाणि अर्याल, मानव अधिकार वाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्त, सचिव मधु पाण्डे, सल्लाहकार चेतना अधिकारी, सदस्य देवकला सुवेदी कमाल, रुपा राई गुरुङ, रुपा पालुङ्गे मगर, ईन्सेक प्रतिनिधि पार्वती आचार्य, पत्रकार हरि आचार्य लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ असार ११, शुक्रबार १८:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech