हरि आचार्य कपिलबस्तु, असार ११
ईन्सेकद्धारा गठित मानव अधिकार समुह बाणगंगाले नगरपालिकाले सञ्चालन गरेको आईसोलेशनको अनुगमन गरेको छ । कोभिडको प्रभावकारी उपचार, ब्यबस्थापन तथा स्थानीयको रक्षा गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाए पछि समुहले अनुगमन गरेको हो ।
नगरले सञ्चालन गरेको आईसोलेशनको अवस्था, त्यहा उपचाररत विरामीको अवस्था लगायत समग्र विषयको बारेमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा विरामीलाई बचाउने खाली अक्सिजन सिलिण्डरको उचित व्यबस्थापन नगरिएको पाईएको छ ।
मानव अधिकार वाणगंगाका अध्यक्ष ईन्दिरा भट्राईको संयोजकत्वमा, उपाध्यक्ष ईन्दिरा पन्त, सचिव मधु पाण्डे, सल्लाहकार चेतना अधिकारी, सदस्य देवकला सुवेदी कमाल, रुपा राई गुरुङ, रुपा पालुङ्गे मगर, ईन्सेक प्रतिनिधि पार्वती आचार्य, पत्रकार हरि आचार्य लगायतको टोलिद्धारा अनुमगमन गरिएको हो ।
यता स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरपालिकाले सञ्चालन गरेको १५ शैयाको आईशोलेसन पुर्ण रुपमा खाली भएको बताएका छन् । उनले स्वास्थ्यकर्मी, कर्मचारी तयारी अवस्थामा रहेकाले संक्रमित भेटिएमा शिघ्र उपचारको व्यबस्था मिलाईने बताए ।




















