रुपन्देहीको सियारीमा ३ महिने ढाका कपडा बुनाइ तालिम सम्पन्न 

ByLumbini Darpan Online

११ असार २०७८, शुक्रबार १३:०२ ११ असार २०७८, शुक्रबार १३:०२ ११ असार २०७८, शुक्रबार १३:०२
सियारी, असार ११
रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर -७ पश्चिम् अमवा स्थित नारी एकता महिला विकास बचत तथा ॠण सहकारी सस्था लिमिटेडको आयोजना तथा सियारी गाउपालिकाको आर्थिक सहयोगमा ३ महिने ढाका कपडा बुनाइ तालिम शुक्रबार एक कार्यक्रमका बीच समापन भयो।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले कार्यक्रमको उदघाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाले तालिममा सिकेको सिपलाई सदुपयोग गरी व्यावसायिकरण गर्नुपर्नेमा जोड दिनुभयो । महिला दिदिबहिनीहरु आर्थिक सम्पन्न हुनको लागि सिपलाई उत्पादनमुखि बनाउनुपर्ने  गाउपालिका अध्यक्ष अयोध्याको भनाइ थियोे । गाउपालिका उपाध्यक्ष अमृता गुरुङले ढाका कपडाको बुनाइ तालिमबाट सिपलाइ रास्टिय अन्तर्राष्ट्रिय रुपमा स्थापित हुन सहयोग हुने बताउनु भयो । ढाका कपडाको माग अत्यधिक भएकोले आर्थिक समृद्धिको लागि यो तालिम फलदायी हुने गाउपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो।
तालिममा सियारी वडा नम्बर ६ का ७ जना र वडा नम्बर ७ का ६ जना महिलाहरु सहभागी रहेका थिए ।
नारी एकता महिला विकास बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुमाकान्ति भुर्तेलको अध्यक्षता, सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी ,वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ ,वडा नम्बर ७ का वडा सदस्य लक्ष्मी विक , नारी एकता महिला विकासका लेखा समिति संयोजक तुलसा शर्मा, नारी  एकता महिला विकासका पुर्व अध्यक्षहरु इन्दिरा अर्याल , राधिका खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रमको संचालन नारी एकता महिला विकासकी सचिव सिता भट्टराईले गर्नुभएको थियोे ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *