रुपन्देहीमा कोरोना संक्रमणको दर फेरि बढेयो ,संक्रमणको दर बढे सगै रुपन्देहीमा कोरोनाको तेस्रो लहर सुरु भएको आशंका

[sharethis-inline-buttons]

बुटवल । असार १२

रुपन्देहीमा कोरोना संक्रमणको दर फेरि बढेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुुुसार पछिल्लो २४ घण्टाको तथ्याङ्कमा जिल्लामा २७ जना नयाँ संक्रमित फेला परेको छ । योअवधिमा जिल्लाभर १ सय ८७ जनामा कोेरोना परिक्षण गरिएको थियो । संक्रमणको दर बढे सगै रुपन्देहीमा कोरोनाको तेस्रो लहर सुरु भएको आशंका गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुुुसार यो संख्या पछिल्लो १० दिन कै सबैभन्दा धेरै हो । विहीबार जिल्लामा जम्मा ५ जनामा संक्रमण देखिएकोमा आज सम्म आइपुग्दा पाँच गुणा बढेको छ ।

युके, इजरेयल, भारतका केही राज्य, अष्ट्रेलिया लगायतका देशहरुमा फेरि संक्रमण बढिरहँदा रुपन्देहीमा पनि संक्रमण दर उकालो लाग्नुले तेस्रो लहरको सुरुवात भएको हुनसक्ने आशंका समेत गरिएको हो ।

पछिल्ला तीन दिनमा बिश्वका बिभिन्न देशमा संक्रमण दर बढेकाले भारत बाट आउनेलाई कडाई गर्दै लकडाउनलाई थप ब्यबस्थीत गर्नु पर्ने मागहरु हुुन थालेको छ । स्वास्थ्य क्षेत्रका बिज्ञ अनुसार तेस्रो लहरको चेतावनी दिइरहेका बेलामा विश्वभर नै फेरि कोरोना संक्रमण उकालो लागेपछि तेस्रो लहरको सुरु भएको हुनसक्ने आँकलन गरिएको छ । रुपन्देहीमा पनि यसअघिभन्दा पछिल्ला १० दिनमै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ३ पुगको छ । हालसम्म जिल्लामा चार सय ८२ जना संक्रमितले ज्यान गुमाएका छन् भने २७ हजार ५ सय ३ जना निको भएका छन् । हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार ९ सय ९० पुगेको छ ।


प्रकाशित : २०७८ असार १२, शनिबार ११:२३