स्वर्गीय आमाको स्मृतिमा गौतमद्धारा विपन्नलाई सहयोग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,कपिलवस्तु
स्वर्गीय आमा गोमा गौतमको सम्झनामा छोरा गिरिराज गौतमद्धारा कपिलवस्तु जिल्ला भित्र रहेका विपन्न घर परिवारलाई सहयोग गरेका छन् ।
अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं. २ रयले स्थायी घर भएका गौतम सानै उमेर देखी सेवा भावले ओत प्रोत थिए । उनले आज कपिलवस्तु जिल्लाका ईमिलिया,दुविया र सिसेनीका १२ विपन्न घर परिवारलाई सहयोग गरेका छन् ।

नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना, तथा आम नेपाली टिभिको समन्वयमा कपिलवस्तुका विभिन्न स्थानका विपन्न परिवारहरुलाई खाद्य सहित विभिन्न सामग्री प्रदान गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९, ३ तथा बाणगंगा नगरपालिका वडा नं. ८ का विपन्न, सुकुम्वासी तथा अपांगता भएका परिवारलाई खाद्यान्य लगायत दैनिक उपभोगका लागी दाल, चामल, नुन लगायत लाखुट्टेको टोकाईबाट बच्नका झुल,त्तिपाल लगायतका सामाग्री प्रदान गरिएको हो ।

आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारी, रोट्रयाक्ट क्लव अफ बुद्धभूमिका उपाध्यक्ष लेखनाथ बेल्बासे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका सह सचिव शिव खनाल, सदस्य मिसन भुसाल, युवा व्यवसायी रतन विक, सञ्चारकर्मी पशुपति गिरी, सागर पौडेल, बिकास भुसाल लगायतको टोलीले घरघरमै पुुगेर सो सामग्री हस्तान्तरण गरेको हो ।

बुद्धभूमि नगरपालिका वडा नं. ९ चौवन्नपुरकी एकल महिला सुशिला भुसालले सामग्री ग्रहण गर्दै विहान साँझ छाक टार्न गाह्रो भएको यो विषम परिस्थितीमा खाद्य सामग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

त्यस्तै बाणगंगा ८ सुकुम्वासी बस्तीका कुल बहादुर थारुले घरमा कोहि नभएको र आफु अपांग भएकोले छाक टार्न गाह्रो भएको बताए । बाणगंगा पुलल नजिकै सानो झुप्रोमा रात विताउदै आएका थारुले सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे ।

यता सबै सामग्रीहरुको आर्थिक ब्यबस्थापन गरेका गौतमले आफुले दुःख र अभावलाई राम्रोसंग भोगेकोले दिन दुुखी असहय तथा अपांगको साहारा बनेको र आगामि दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । गौतमले यो मानवीय कार्य गर्न पाउँदा गर्वको महसुश भएको बताए ।


प्रकाशित : २०७८ असार १२, शनिबार १२:०४