बुटवल ,१३ असार
बुटवलको चौराहामा साम्रगी ढुवानी गर्ने छोटा हात्तीले पैदल यात्रीलाई ठक्कर दिदा २ जना पैदल यात्री घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय रामनगरले जानकारी दिएको छ । घाइते दुबै जना कपिलबस्तुका भए पनि पुरा परिचय खुल्न बाँकी रहेको प्रहरीले कार्यलयले बताएको छ । पैदल यात्रीलाई ठक्कर दिएर छोटा हात्ती भागेको थियो तर पछि सो सवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी कार्यालय रामनगरका दिएको जानकारी अनुसार भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ४१३३ नम्बरको छोटा हात्तिले आइतबार करिब साढे १२ को समयमा २ जवना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।




















