काठमाडौं, १३ असार
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९२० जना कोरोनाका विरामी थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९हजार ८३६ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ९२० जना संक्रमित थपिएका छन । जसमध्ये ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ । यसै अवधिमा ३४ जनाको ज्यान गएको छ ।




















