तिलोत्तमा, असार १४
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ । २०३ जनाको नमुना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १४, तिलोत्तमा नगरपलिकामा ९, कञ्चन गाउँपालिकाका ३, देबदह नगरपालिका , सैनामैना नगरपालिका र रोहिणी गाउँपालिकामा २(२ जना, शियारी, ओमसतिया, सुद्धोधन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १(१ जना कोरोनाका बिरामी थपिएका हुन ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट ५ जना संक्रमितको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २१५ रहेको छन् भने २२ जना कोरोनामुक्त भएका छन ।




















