आज देखि रुपन्देहीमा सार्वजनिक सवारी साधन संचालनमा

ByLumbini Darpan Online

१५ असार २०७८, मंगलवार ०७:०८ १५ असार २०७८, मंगलवार ०७:०८ १५ असार २०७८, मंगलवार ०७:०८

आज देखि रुपन्देहीमा सार्वजनिक सवारी साधन संचालनमा आएका छन् । कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका बस, माइक्रोबस लगायतका सार्वजनिक सवारी सञ्चालन आएका हुन् । तत्कालको लागि जोर विजोर प्रणालीबाट जिल्ला भित्र मात्र सार्वजनिक यातायात सञ्चालन भएका छन् । सिट क्षमताको आधा यात्रु राखेर मात्र सार्वजनिक सवारी चलाउन पाइने छ । चालक र सहचालकले अनिवार्य रुपमा माक्ससँगै सेनिटाइजर प्रयोग गर्नुपर्ने तथा सवारी साधनलाई निर्मलीकरण गर्नुपर्ने छ । यस अघि असार ८ गतेबाट रुपन्देहीमा जोर विजोर प्रणालीबाट नीजि गाडी चल्न थालेका थिए । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । रुपन्देहीमा निषेधाज्ञा खुकुलो पार्दै असार २१ गतेसम्मका लागि अवधि थप गरेको हो । सार्वजनिक सवारी साधन संचालनमा आए पनि कोरोना भाइरस संक्रमणको जोखिम भने कायम रहेको विज्ञहरुले बताउँदै आएका छन् । जनस्वास्थयका मापदण्ड पालना गर्न उनीहरुको आग्रह छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *