
असार १५
धादिङको त्रिशुुली नदीमा आज ट्रक खसेको छ । ट्रक त्रिशुली नदीमा खस्दाा ट्रक र चालक दुवै बेपत्ता भएक ोधादिङ प्रहरीले जानकारी दिएको छ र चालकको पहिचान पनि खुल्न सकेको छैन । आज करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।अनुसन्धानको क्रममा ना ३ ख ८०७४ नम्बरको ट्रक आशंका प्रहरीले गरेको छ।
ट्रक खसेको चिन्हहरू देखिएका छन् र सामानहरू खसेको देखिन्छ। त्यही नम्बरको ट्रक हो भन्ने दाबी नै गर्न सकिने अवस्था छैन तर हाम्रो अहिलेसम्मको अनुसन्धानले यो नम्बर खुलेको हो,ु प्रहरी कार्यलय गजुरीले बताएको छ ।
बिहानैदेखि गोताखोर, प्रहरीलगायतको टोलीले नदीमा ट्रक तथा चालकको खोजी गरिरहेको छ। तर अहिलेसम्म फेला परेको छैन । काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिएको छ ।

