बुद्धभुमिद्धारा बादी समुदायका लागी बाख्रा बितरण

ByLumbini Darpan Online

१५ असार २०७८, मंगलवार १६:३७ १५ असार २०७८, मंगलवार १६:३७ १५ असार २०७८, मंगलवार १६:३७

लुदस,कपिलवस्तु ।
बुद्धभुमि नगरपालिकाले आज बादी समुदायका परिवारका लागी बाख्रा बितरण गरेको छ । बुद्धभूमि नगरपालिकाले एक कार्यक्रम का बिच बडा नं ९ मा रहेका बादी समुदायका परिवारलाई बाख्रा वितरण गरेको हो । बादी समुदायलाई आत्मनिर्भर बनाई जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बाख्रा वितरण गरिएको बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । बादी समुदायको उत्थानका लागि आगामी दिनहरुमा पनी थप प्रभावकारी कार्यक्रम ल्याउने नगर प्रमुख श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा बोल्दै बादी समुदायकी नेतृ बिष्णु बादीले यस कार्यका लागि नगरपालिका लाइ धन्यवाद दिएकी छन् । नगरपालिकाले बादी समुदायलको उत्थान को लागी यस्तै कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

सो कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, योजना शाखा प्रमुख नविन खनाल, युवा व्यवसायी अनिल अधिकारी ,रोमलाल खनाल र विनोद आचार्यको उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *