बुटवल , १७ असार

आज ​ रुपन्देहीमा ३८ जना कोरोनाका बिरामी थपिएका छन । आज प्रयोगशालामा २२९ जनाको कोरोना नमुना परीक्षण गर्दा ३८ जना कोरोनाकामा संक्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा नगरपालिकामा १०, देबदह नगरपालिकामा ६, सिद्धार्थ र सैनामैना नगरपलिकामा २र२, ओमसतिया र कञ्चन गाउँपालिकामा १र१ जना, संक्रमित थपिएका हुन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २६५ रहेको छन् । भने २० जना निको भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *