
असार १७ बुटवल ।
रुपन्देहीमा कोरोनाका बिरामी बढन थाले सगै पुन बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा फेरि अस्पतालमा बिरामीको चाप बढ्न थालेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा। नन्दु पाठकका अनुसार पुन केहीदिन यता बिरामीको सख्यामा बृद्धी हुन थालेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो पाँच दिनदेखि सक्रिय संक्रमितको संख्या फेरि उकालो लागेको छ । जिल्लामा हिजो बुधबारमात्रै ४४ जना नयाँ संक्रमित थपिएका थिए, जुन पछिल्लो १६ दिनयताकै सबैभन्दा धेरै सख्या रहेकेको छ ।
अस्पतालमा अहिले १२ जना आइसीयु तथा २६ जना जनरल र एचडीयुमा उपचाररत रहेका छन । यो संख्या एक हप्ताअघिको भन्दा ३० प्रतिशत जतिले धेरै हो । एक साताअघिसम्म आइसीयुमा ७र८ जना र जनरल तथा एचडियुमा १६र१७ जनाको उपचार भइरहेकोमा अहिले अस्पताल आउने बिरामीको संख्या केही बढ्न थालेको हो ।
जिल्लाभर संक्रमण बढिरहेकाले जिल्लाका अन्य अस्पतालमा पनि चाप बढ्न सक्ने संकेत देखिएको छ । यो अबस्थामा पुन सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन

