अबिरल बर्षका कारण घरहरुमा क्षती भएपछि प्रभावित परिवारलाई दैनिक खानाको व्यवस्था

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

अबिरल बर्षका कारण वार्ड नं. ४ स्मृति नगरको केही घरहरु क्षती भएपछि प्रभावित परिवारलाई दैनिक खानाको व्यवस्था गरेको बर्दघाट नगरपालिकाले जनाएको छ । ५५ घर परिवारका १५० बढिलाई बाढीबाट प्रभावित उनीहरुलाई राती नै सुरक्षित स्थानमा लगिएको थियो , शिव स्मृति टोल विकास संस्थाको नेतृत्व र बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा आज बिहान देखी उत्पत्तेश्वर शिवालय मन्दिर प्राङगणमा दैनिक खाना नास्ताको व्यवस्था गरिएको टोल विकास संस्थाका अध्यक्ष रमेश ज्ञवालीले जानकारी दिनुभयो । उनीहरुलाई नेपाल रेडक्रस सोसाईटी बर्दघाट शाखाको सहयोगमा २३ थान कम्बल बितरण गरिएको सोसाईटीका शाखा अध्यक्ष नारायण अधिकारीले जानकारी दिनु भयो ।

 


प्रकाशित : २०७८ असार १७, बिहीबार १३:२६