कपिलवस्तुको चप्परगाउँमा स्कारपियो दुर्घटनाः एकको मृत्यु,

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, १८ असार

कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाउँमा भएको स्कार्पियो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाईतेमध्ये एक जनाको मृत्यु भएको हो । रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनालको उपचारको क्रममा बुटवलमा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

आज शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कार्पियो दुर्घटनामा परेको थियो । चार जना सवार स्कार्पियोमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका बिमल अधिकारी पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते अन्यको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिए । दुर्घटना तीव्र गतिको कारण भएको जनाइएको छ ।

 


प्रकाशित : २०७८ असार १९, शनिबार ११:२८