असार २०
भारतमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या २ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन् ।भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको संख्या ९७ दशमलव शून्य ९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको पाइएको छ ।भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने चार लाख ८५ हजार ३५० रहेको छ ।पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितहरुको संख्या २ दशमलव ४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितहरुको संख्या २ दशमलव ३४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।




















